नियम १०
संस्थाको काम, कर्तव्य र अधिकार

संस्थाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) सम्बन्धित विधाका स्रष्टालाई संस्थाको सदस्यता प्रदान गर्ने,
(ख) रचयिता वा सम्बन्धित विधाका धनीले पाउने रोयल्टी रकम निर्धारण गरी प्रकाशन गर्ने,
(ग) रोयल्टी संकलनको मापदण्ड बनाई लागू गर्ने,
(घ) रचयिता वा सम्बन्धित विधाका धनीले पाउने रोयल्टी रकम संकलन गरी वितरण गर्ने,
(ङ) संस्थाले गरेको काम कारबाहीको जानकारी रजिष्ट्रारलाई गराउने ।